एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा नियुक्त

  २०७४ भदौ २१ गते २१:१०     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुत्त भएका छन् ।

कम्पनी सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि नियुत्त गरी सहमतिका लागि बीमा समिति पठाएको छ ।

राष्टिय वाणिज्य बैंकमा पूर्व  सीईओ शर्मासँग नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा  १२ वर्ष र एनएजीमा ४ वर्ष सञ्चालक समितिमा अध्यक्षा तथा सञ्चालक रहेर काम गरेकाे अनुभव छ ।

शर्मालार्इ सीर्इअाेमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढेकाे र बीमा समितिकाे सहमति अाउन बाँकी रहेकाे कम्पनीकाे अध्ययक्ष विमलप्रसाद वाग्लेले बताए । बीमा कम्पनीकाे सीर्इअाे बन्नकाे लागि शर्माकाे याेग्यता पुगेकाे तर कम्पनीकाे तर्फबाट बुझाउनु पर्ने केही कागजपत्र नपुगेकाेले सहमति दिन केही ढिला भएकाे बीमा समिति स्राेतले बतायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.