‘निजी क्षेत्रबीच सहजीकरण गर्न चीन तयार छ’ : चिनियाँ राजदूत हुङ

  २०७४ भदौ २० गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल-चीनको आर्थिक क्षेत्रमा निजी क्षेत्रबीच सहजीकरण गर्न सहयोग गर्ने बताएकी िछन् ।

मंगलबार चौधरी ग्रुपको अवलोकन गर्दै उनले नेपाल-चीनबीचको आर्थिक सम्बन्ध थप बलियो बन्दै गएकोमा खुसी ब्यक्त गरीन ।
राजदूत होङले चीनसँगको व्यवासायिक कारोबारमा कुनै समस्या छ कि भन्ने चासो समेत राखेका थिइन ।  नेपाल र चीनका विभिन्न शहरहरूबीच सिधा हवाई सम्पर्क कायम हुनुले दुई देशबीचको आर्थिक सम्वन्ध पनि विस्तार हुदै जाने उनले विश्वास  ब्यक्त गरेकी िछन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरीले नेपालका ठूला अायोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न राजदूत होङसँग आग्रह  गरे। चिनियाँ राजदूतावासका उच्चपदस्थ अधिकारीहरुलाई स्वागत गर्दै चौधरीले चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेकोपनि जोड दिए ।

‘पक्कै पनि नेपालमा चिनियाँ लगानी बृद्धि भईरहेको छ । तर,जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ’, चौधरीले भने, ‘नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ ।’

नेपालका वृहत परियोजनामा चिनियाँ र नेपाली लगानीकर्ताबीचको साझेदारी प्रभावकारी हुने धारणा राख्दै चौधरीले त्यसका लागि दुवै देशका सरकारले आ–आफ्नो देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए । नेपालमा लगानीको वातावरण कमजोर रहे पनि लगानीपछिको प्रतिफल अन्य राष्ट्रहरूको भन्दा उच्च रहेकाले विश्वभर लगानी फैलाई रहेका चिनियाँ लगानीकर्ताका लागि छिमेकी देश नेपाल आकर्षक गन्तब्य बन्ने उनले बताए ।