सिटिजन्स बैंकको नयाँ शाखा पाल्पाको छहरामा

  २०७४ भदौ १९ गते ११:१६     विकासन्युज

काठमाडौं । सिटीजन्स बैंकले ६० औं शाखा पाल्पाको छहरामा सञ्चालनमा ल्याएको छ ।  साे शाखाकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आइतबार उद्घाटन गरी बैंकिङ्ग कारोबारको सुरु गरेका छन् ।

छहारा शाखाको उ्घाटन सँगै सिटीजन्सकाे  ६० वटा शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले भैरव नवदिप माध्यामिकलाइ १ थान कम्प्यूटर र महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको जाकारी दिएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उद्दश्यले अन्य स्थानमा चाँडै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.