३ दिन भित्रमा नै ग्लोबल आइएमई बैंकको साना तथा मझौला व्यवसायी कर्जा लिन सकिने

  २०७४ भदौ १९ गते १०:५१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ९एसइमई लोन० ३ दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि ग्राहकलाई छिटो सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलार्ई उत्पादनशिलतामा बृद्धि प्रेरित गर्नेे उद्देश्यले बैंकले कर्जा लिने समय घटाएको हो ।

यो कर्जा लिन चाहने ग्राहकवर्गले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रमा नै कर्जा प्राप्त गर्न सक्नेछन् । लक्षित ग्राहकले यो कर्जा सुबिधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १ सय १२ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख रुपैयाँदेखि देखि ५ करोड रुपैयाँसम्म ऋण दिने जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.