चीनको होङसीले सिमेन्ट उत्पादन गर्न ३७ अर्ब ल्याउने, आयोजना लगानी सम्झौतामा हस्ताक्षर सम्पन्न

  २०७४ भदौ १८ गते १७:५८     विकासन्युज

काठमाडौं । चीनियाँ लगानीमा नेपालमा ठुलो सिमेन्ट कारखाना स्थापना हुने भएको छ ।  चीनको होङसी र नेपालको शिभम् सिमेन्टको संयुक्त लगानीमा नेपालमा सिमेन्ट कारखाना स्थापना हुने भएको हो ।

सिमेन्टमा विदेशी लगानी ल्याउने विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र होङसी शिभम् सिमेन्ट प्रालिका निर्देशक लाई विपेङले आयोजना लगानी सम्झौतापत्र (पीआईए) मा आइतबार हस्ताक्षर गरेका छन् ।

होङसीले ३६ अर्ब ८५ कराेड रुपैयाँ  (३५ करोड ,९१ लाख अमेरिकी डलर) लगानी ल्याउने छ । सिमेन्टमा आएको यो हालसम्मकै सबैभन्दा ठुलो वैदेशिक लगानी हो । होङसीले सिमेन्ट उत्पादनका लागि डलरमा लगानी ल्याउन सरकारबाट स्वीकृति पाइसकेको छ ।

होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ ।

चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको छ । उद्योगबाट सन् २०१८ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ ।

उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ ।

होङसीले दैनिक ६ हजार टन र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य राखेको छ ।  वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी सम्झौताबाट नेपालको व्यवसायीक वातावरण बारे सकारात्मक सन्देश सम्प्रेषणभएको बताए । उनले आयोजनाको कार्यान्वयनको क्रममा सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा बोर्डका सीईओ अधिकारीले सम्झौताले विदेशी लगानीकर्ताका लागि नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको प्रमाणित भएको बताए । निर्देशक वेईपेङ्ले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पु¥याएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.