साना किसान विकास बैंकको सीइअाेमा कोइराला

  २०७४ भदौ १४ गते १६:२८     विकासन्युज

काठमाडौं । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।

बैकको सञ्चालक समितिको बुधबारको बैठकले चार वर्षका लागि सिईओमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हाेे ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनी वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.