टाटाको नयाँ गाडी योद्धामा अझ धेरै पिकअफ, दसैंका लागि आकर्षक अफरहरु

  २०७४ भदौ १३ गते १६:४३     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा टाटा मोटर्सको नयाँ पिकअप गाडी टाटा योद्धा आकर्षणको विषय बनेको छ । यसको मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको छ ।

सिप्रदी ट्रेडिङका बिक्रेता शशिला मोटर्सका सेल्स अफिसर कृष्ण अर्यालका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो ।सिप्रदीले यसलाई तीन महिना अगाडी नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको अर्यालले बताए । उनले भने, ‘डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो ।’

तीन लिटरको डिजल इञ्जिन भएको योद्धा कच्ची सडकका लागि उपयुक्त रहेको अर्यालले जानकारी दिए । यसले ८६ एचपी पावरका साथै २५० एनएम टर्क दिन्छ ।

यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ ।

यस्ता छन् अफरहरु

टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ ।

टाटाले बस तथा एमएचसी ट्रकको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको  म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ ।

त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.