नेपाल इन्स्योरेन्सको डीजीएममा बिक्रान्त पाण्डे नियुक्त

  २०७४ भदौ १३ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् ।

पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी सीईओ भइ सकेका छन् ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आफनो सेवा सुरु गरेका पाण्डे विभिन्न बीमा कम्पनीमा आवद्ध भइसकेका छन् ।

विकास न्युजसंग कुरा गर्दे नायव महाप्रवन्धक पाण्डेले बीमा व्यवसाय विस्तारमा जोड दिने बताए । उनले नेपाल इन्स्योरेन्सलाई अझ बढी सबल बनाउने योजना रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.