अल्पाइन डेभलपमेन्ट र सेती फाइनान्स प्राप्ति गर्न सेन्चुरी बैंकले बोलायो विशेष सभा

  २०७४ भदौ ८ गते ८:५८     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकले दुई वित्तीय संस्थालाई प्राप्ति गर्न भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ ।

बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्तिको प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो । चुक्तापुँजी बढाउन बैंकले दुई संस्थालाई प्राप्ति गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब पु¥याउदै छ ।

मूल्याँकनकर्ताले तयार पारेको चल अचल सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) ले अल्पाइनको १ सय कित्ता बराबर सेन्चुरीको ९३ र सेतीको १ सय कित्ता बराबर सेन्चुरीको ७० कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) हुने भएको छ ।
हाल बैंकको चुक्तापुँजी ५ अर्ब ४६ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.