चलचित्र ‘स्काउट’ भाद्र ८ गते देखि सिनेमा घरमा प्रदर्शन हुदै

  २०७४ भदौ ७ गते १४:४६     विकासन्युज

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर चलचित्र निर्माता मदुकुमार श्रेष्ठको चलचित्र स्काउट भाद्र ८ गतेदेखि रिलीजमा आउने भएको हो । चलचित्रमा नायक नबराज श्रेष्ठ, नायिका गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।

‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिसेष सो समेत भैसकेको छ भने यस चलचित्रलाई दर्शक हरुले अत्याधिक मन पराएको र नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्तको जोडीलाई दर्शकहरुले बिशेष मन पारएको र उनीहरुको अभिनयले दर्शकहरुको मनमा छाप छोड्न सफल भएको कुरा निर्माता मदुकुमार श्रेष्ठ बताउछन् ।

समसामाहिक कथा बस्तुमा आधारित यस चलचित्र एकदम राम्रो बनेको र नेपाली चलचित्र प्रेमीहरुको बीच छुट्टै पहिचान बनाउन सफल हुने कुरामा नायक नबराज श्रेष्ठ बिस्वस्त छन । साथमा चलचित्र हल सम्म गएर चलचित्र हेरी प्रतिक्रिया दिन समेत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु समक्ष उनले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.