नाफा बढाउन सिभिल बैंक असफल, खराब कर्जा दोब्बर बढ्यो

  २०७४ भदौ ३ गते १३:०५     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा सिभिल बैंक नाफा बढाउन असफल भएको छ ।

गत आवमा बैंकले ३३ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा ३३ करोड १४ लाख रुपैयाँ थियो । गत वर्ष बैंकले ७० लाख रुपैयाँ मात्र नाफा बढाएको छ । नाफा बढ्न नसकेपछि उसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा मात्र छ ।

बैंकले शनिबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी बढ्दो ब्याज मुल्तवी र कर्जा जोखिम व्यवस्थाले आम्दानीमा नकरात्मक असर पारेको जानकारी दिएको छ । निक्षेपको ब्याज दरले गर्दा लागत बढेको र कल डिपोजिटको ब्याजदर साधारणको भन्दा बढी लिन नपाईने नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले नाफा बढ्न नसकेको बैंकले जानकारी दिएको छ ।

बैंककको खरावकर्जा झण्डै दोब्बर बढेर ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराव कर्जा २.७ प्रतिशत मात्र थियो । ३ वटा वित्तीय संस्थालाई खरिद गरेपछि बैंकको खराव कर्जा दर बढेको हो । बैंकको लागत बढेर ६.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो लागत ५.३ प्रतिशत थियो । बैंकको आधार ब्याज दर ११.५९ प्रतिशत छ । सीडी रेसियो ७६ प्रतिशत छ । स्प्रेड दर ३.४ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ३४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको निक्षेप ३१ अर्ब १३ करोड रुपैया थियो । एक वर्षको अवधिमा बैंकले निक्षेप परिचालन ३ अर्ब रुपैयाँ बढाएको छ ।

यस्तै कर्जा लगानी २९ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कर्जा लगानी २५ अर्ब ७० करोड ४० लाख रुपैयाँ थियो । गत वर्ष बैंकको कर्जा लगानी ४ अर्ब रुपैयाँ बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.