एभरेष्ट बैंकको नाफा १ अर्ब ९८ करोड

  २०७४ भदौ २ गते ८:३३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा २५ करोड रुपैयाँ बढाएको छ ।

गत असारसम्म बैंकले १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ मात्र खुदनाफा गरेको थियो । बैंकले शुक्रबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा सामान्य विस्तार भएको जानकारी दिएको छ ।

गत आवमा बैंकले ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा उसको निक्षेप ९३ अर्ब ७३ करोड ५४ लाख रुपैयाँ थियो । गत आवमा २ अर्ब रुपैयाँ भन्दा कम निक्षेप बढाएको छ ।

यस्तै समीक्षा अवधिमा बैंकले ७८ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा उसको कर्जा लगानी ६८ अर्ब ९१ करोड १५ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकले करिव १० अर्ब रुपैयाँ कर्जा लगानी बढाएको जानकारी दिएको छ ।

बैंकको खराब कर्जा अनुपात बढेर ०.५१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो कर्जा ०.३८ प्रतिशत मात्र थियो । बैंकको निक्षेप लागत ४.८, स्प्रेड ४.४ र सीडी रेसियो ७६.९४ प्रतिशत रहेको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तै प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा छ ।

बैंकको चुक्तापुँजी ५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । संचित कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X