२०७४ भदौ १ गते ८:०५ विकासन्युज
काठमाडौं । सिन्धु विकास बैंकले २० लाख ९७ हजार ५४० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
यो बैंकले १ सय रुपैयाँ अंकित हकप्रदको यही भदौ १८ गतेदेखि आवेदन खुला गरेको छ । असोज २२ गतेसम्म आवदेन दिन पाइन्छ ।
यो विकास बैंकले २६ करोड २१ लाख रुपैयाँको चुक्ता पुँजीमा २० करोड ९७ लाख रुपैयाँ थप गर्ने गरी दश सेयर बराबर ८ सेयर (१०ः८)को अनुपातमा हकप्रद जारी गरेको छ ।
सो मात्राको हकप्रद निष्कासन गर्ने प्रयोजनको लागि भदौ ९ गते कम्पनीको बुक क्लोज हुने छ । कम्पनीको सेयर निष्कासन गर्ने निर्णयलाई बैंकको आगामी ७औँ साधारण सभाले पारित गर्नु पर्ने छ ।
उक्त सेयरको लागि एनआईबीएल क्यापिटल मार्केट्स लाजिम्पाट, सिन्धु विकास बैंकको सबै कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, विरगन्ज, नरायणगढ, बुटवल, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन पाइने छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.