विश्वकै सबैभन्दा महँगा फुटबल खेलाडी नेयमार, हप्ताको आम्दानी दश लाख डलर

  २०७४ साउन २० गते १७:५३     विकासन्युज

काठमाडौं । ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्।

नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यस अघिको भन्दा दोब्बर बढी हो।

नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन्। नेयमारले भने, “म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु।“

चुनौतीका लागि तयार

उनले भने, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु। मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु।“ पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो।

हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए। त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ’भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए।

तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ। बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको थियो।

सहकार्य

नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जे्न्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ। बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे, “यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना।“

त्यसको जवाफमा नेयमारले लेखे “धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु।“ विश्लेषकहरु भन्छन् यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ।

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.