बाबा रामदेवले कपडा उत्पादन थाले, ५० अर्ब भारु कारोबार गर्ने लक्ष्य

  २०७४ साउन १९ गते १७:२१     विकासन्युज

काठमाडौं । आर्युवेर्दिक औषधीलगायत अन्य दैनिक उपभोग्य खाद्य  र सौन्दर्य सामाग्री उत्पादन गर्दे आएका बाबा रामदेवको पतञ्जली आर्यूवेद लिमिटेडले कपडा उत्पादन थालेको छ ।

योगा टाइकुन रामदेवले पछिल्लो समयमा व्यवसायलाई विविधिकरण गरी ब्राण्डेड कपडा व्यवसाय सुरु गरेका छन् । पतञ्जली आर्यूवेदले महिला, पुरुष र बच्चालाई लक्षित गरी स्वदेशी नामक ब्राण्डको कपडा बजारमा ल्याउन लागेको लाइभ मिन्ट अनलाईनले जनाएको छ ।

पहिलो वर्ष ५० अर्ब भारुको बिक्रि गर्ने लक्ष्य लिएको कम्पनीका प्रवत्ता एस के तिजरावालाले जानकारी दिएका छन् । उनका अनुसार पतञ्जलीले विभिन्न किसिमका कपडा बजारमा ल्याउने तयारी भएको छ । उनका अनुसार पहिलो चरणमा २५० विशेष केन्द्रबाट बिक्री गर्ने लक्ष्य लिएको छ । यस्तै विस्तारै अन्य बिक्री केन्द्रबाट बजार विस्तार गर्ने लक्ष्य लिएको छ । पतञ्जलीले यो वर्ष २५ खर्ब भारु कारोबार गर्ने लक्ष्य लिएको छ । रामदेवले नेपालमा पनि लगानी गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.