होङ्सी शिवम् सिमेन्टसँग ३६ अर्ब लगानी सम्झौता १९ भित्र हुने, धरानमा फोहर व्यवस्थापन गर्न भेन्चर वेस्ट टु इनर्जीलाई २० वर्षको ठेक्का स्वीकृत

  २०७४ साउन १८ गते २१:१५     विकासन्युज

काठमाडौं । सरकारले नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट लिमिटेडसंग आयोजना लगानी सम्झौता (पीआईए) गर्ने भएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार साँझ बसेका लगानी बोर्डको २७ औ बैठकले मस्र्यौदा स्वीकृत गरी आउदो भदौ १९ गतेभित्र होङ्सीसँग पीआईए गर्ने निर्णय भएको छ । नेपालको निजी क्षेत्रको वैदेशिक लगानी व्यवस्थित गर्नका लागि पीआईए पहिलो पटक हुन लागेको हो ।

पीआईएले लगानी सुरक्षाका साथै सरकारी निकायबाट सहजीकरण हुने छ । होगसीले सिमेन्टमा लगानी ल्याउन सरकारले अनुमति दिएको छ । उसले ३६ अर्ब रुपैयाँ लगानी नेपालमा ल्याउदै छ । कारखाना स्थापनाका लागि हाल भौतिक निर्माणको काम भइरहेको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

बोर्ड बैठकले नेपालमा रासयनिक मल कारखाना स्थापना र लगानीको खाका तयारी र संभाव्य न्युन परिपूर्ति कोष (भीजीएफ) को विषयमा सुझाव दिन राष्टिय योजना आयोगका कृषि हेर्ने सदस्यको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठनको निर्णय गरेको बोर्डले जनाएको छ । समितिले सार्वजनिक निजी साझेदारीलाई आधार मानेर ३ महिनाभित्र सुझाव दिने छ ।

धरान उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापन गर्न निजी क्षेत्रको भेन्चर वेस्ट टु इनर्जीलाई २० वर्षका लागि आयोजनामा लगानी गर्न स्वीकृति दिएको छ । विदेशी लगानीमा निर्माण हुन लागेको ९ सय मेगावाटको माथिल्लो कर्णाली र ९ सय मेगावाटको अरुण तेस्रो आयोजनालाई वनको जग्गा दिने निर्णय गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी अपरिहार्य भएको बताउदै लगानीकर्तालाई कुनै पनि किसिमको झन्झट मुक्त बनाउन नीतिगत तथा कानूनी सुधार आवश्यक भएकाले यसका लागि प्रक्रिया थाल्न निर्देशन दिएका छन् । वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विभिन्न प्रस्ताव पेश गर्दे आयोजनामा सहजीकरण गर्न सरकारी निकायबीच आपसी समन्वयको आवश्यकता रहेको औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.