१६ औं डाबर स्पेशल तीज महोत्सव हुँदै

  २०७४ साउन १३ गते १५:०४     विकासन्युज

काठमाडौं । महिला श्रृजनशील केन्द्रद्धारा डिइसीसी नेपाल प्रा. ली. को ब्यवस्थापनमा १६ औँ पटक डाबर स्पेशल तिज महोत्सव आयोजना गर्न लागिरहेको छ । उक्त महोत्सको समुद्घाटन स्थानिय निकायको निर्वाचन २०७४ काठमाण्डौँ महानगर पालिकाबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गी श्रेष्ठद्धारा हुन गइरहेको जानकारी दिइएको छ ।महान पर्व तिजको अवसर पारेर वि.सं साउन २० देखि २५ गते सम्म त्रिपुरेश्वर स्थित युनाइटेड वल्ड ट्रेड सेन्टरको चौँथो तल्लामा १६औँ तिज महोत्सव हुन गइरहेको छ । यस महोत्सवमा महिला उद्यमीहरुले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्न सक्नेछन् भने यसको मुख्य उद्येश्य महिला विकास र महिलाको सीपमुलक कार्यहरुलाई उजागर गर्नु रहेको जानकारी दिइएको छ ।

यो महोत्सव महिला उद्यमीहरुको लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभवहरु एक आपसमा बाँड्ने प्रमुख थलो हो भने यहाँ आउने आगन्तुकहरुले पनि एकै छाना मुनि तीज तथा आउने पर्वहरुको लागि आवश्यक पर्ने विभिन्न किसिमका सरसामानहरु किनमेल गर्न पाउने मुख्य थलो हुने जानकारी दिइएको छ । यो महोत्सवमा मुख्य आर्कषणको रुपमा महोत्सव अवलोकन कर्ताहरुलाई निःशुल्क जुस वितरण गरिनेजानकारी दिइएको छ ।

बिगत लामो समयदेखि नै यस महोत्सवको मुख्य प्रायोजन डाबर स्पेशल हेयर आयल रहेकोे बताइएको छ । यो जवाकुसुम र कागतीको प्रयोग गरी तयार गरिएको चाडैं सोसिने तेल हो । यसले कपाललाई पोषण दिएर जरैदेखि बलियो र लामो बनाउँनुको साथै शिरको छालालाई स्वस्थ राखि तपाईंको कपाललाई इच्छा अनुसारको स्टाइल दिई व्यक्तित्व निखार्न मद्दत गर्दछ । त्यस्तै गरी डाबर स्पेशल तिज महोत्सवले पनि महिलाहरुलाई आफ्नो व्यक्तित्व, आत्मविश्वास एवं सकारात्मक सोचाईंमा वृद्धि गराउन मद्दत गर्दैै आएको बताइएको छ ।

उक्त महोत्सवमा मुख्य प्रायोजन डाबरले गरेको छ भने सपोर्टसमा रोथो, सीताराम दुध,सीताराम ध्यू, एन्.टि.बी, भिएलसिसी, टिभएस्, मनकामना केबलकार, सनराइज बैंक, मङ्गलदीप, यू.डब्लु.टि.सी, बराह ज्वेर्लस, ओम गोल्ड हाउस र मिडिया पाटर्नर इसीएस मिडिया, साइभर संसार, न्यूज ट्वेन्टी फोर, डिर्मस एन् आइडिया, टाइम्स एफएमको पनि साथ रहेको जनाइएको छ ।

उक्त महोत्सवको मुख्य आर्कषणहरुमा बारा ज्वेर्लसद्धारा हिराको खरिदमा २०५ छुट, भिएलसिसीद्धारा निःशुल्क छाला परिक्षण र बिएमआई परिक्षण, ब्लड टेस्ट, ब्लड प्रेशर परिक्षण, सेल्फि कर्नर लगायतका कार्य गरिने बताइएको छ । साथै, सनराइस बैंकद्धारा निःशुल्क मेहन्दी लगाइने, कार्ड हुनेहरुका लागि ८५ छुट बिगमार्टको कुनै पनि शाखाबाट सामान खरीद गर्दा,लक्करमा पनि भारि छुटको व्यवस्था गरिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

१ सय वटा भन्दा बढि स्टल रहेको यस महोत्सवमा सधै जस्तै तीज तथा आउने पर्वहरुका लागि आवश्यक सामाग्रीहरु सहित पुजाका सामाग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामाग्री, मेहेन्दी, होम अप्लाईन्सेस, आदि सामाग्रीहरु मात्र नभएर गृहिणीहरुलाई दैनिक आवश्यक पर्ने सामानहरुको पनि ज्ञान पाउन सकिने बताइएको छ । साथै खाना पारखीहरुका लागि बिषेश तिज परिकार सहित फुड स्टल रहने तथा उक्त महोत्सवमा प्रवेश निःशुल्क र पर्याप्त पार्किङको ब्यवस्था हुनेनुको साथै यस महोत्सवमा करिब ४० हजार अवलोकन कर्ता आउने अपेक्षा गरिएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.