शाहले सम्हाले नेपाल इन्स्योरेन्सको सिईओ पदभार

  २०७४ साउन ९ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को पद विजय बहादुर शाहले समालेका छन् । चार्टड एकाउन्टेन्ट शाहले सोमबारदेखि यस कम्पनीको सिईओको पदभार ग्रहण गरेका हुन् ।

शाहले यसअघि पनि बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरिसकेका छन् । २०१५ सालमा बर्दिया जिल्लाको गुलरियामा जन्मेका शाहले सन १९८८मा चार्टर्ड एकाउन्टेन्टको अध्ययन पुरा गरेका हुन् ।

नेपाल बिमक संघको २ कार्यकाल अध्यक्ष रहिसकेका शाह एसिया र अफ्रिकाका विकास शील राष्ट्रहरुमा कार्यरत बीमा तथा पुनर्विमा कम्पनीहरुको सदस्य रहेको एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स कम्पनी इन डेभलपिङ कन्ट्रिज(एआईआरडिएस)को उपाध्यक्ष हुन् ।

कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । शाहको कार्यकाल ४ वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.