आर्थिक विकासका लागि नेपाल–भारत बीचको सहकार्य आवश्यक

<p>काठमाडौं। नेपाल र भारतको आर्थिक विकासका लागि दुबै देश बीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीसँग सोमबार गरेको भेटमा चेम्बरका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले सो कुरामा जोड दिएका हुन् । उनले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँंग आग्रह [&hellip;]</p>

काठमाडौं। नेपाल र भारतको आर्थिक विकासका लागि दुबै देश बीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीसँग सोमबार गरेको भेटमा चेम्बरका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले सो कुरामा जोड दिएका हुन् ।

उनले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँंग आग्रह गर्दै दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याए।

सो अवसरमा राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक हो भन्दै नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेको बताए ।

नेपालमा जलविद्युत्, पर्यटनलगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने बताउँदै उनले नेपाल र भारतबीचको सदियौँदेखिको मित्रतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

भेटमा चेम्बरका पदाधिकारी तथा कार्य समितिका सदस्यको सहभागिता थियो । रासस

Share News