अग्नि ग्रुप मार्फत ११ सय २८ थान जर्सी तथा ट्राक प्रदान

  २०७४ असार ३० गते १४:२१     विकासन्युज

काठमाडौं । बिहिबार अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंह बहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा ११ सय २८ थान जर्सी तथा ट्राक प्रदान गरेका छन् ।

अग्नि ग्रुप नेपाल एपीएफ क्लबको फुटबल खेल प्रवद्र्धनको लागि अग्नी इन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा) ले प्रायोजन गर्दै आएको छ ।

अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको जानकारि दिइएको छ ।

एपीएफ क्लबले समग्र देशको खेलकुद विकासमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको तथा। अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगत्मा केन्द्रित गराएको उल्लेख छ ।

राष्ट्रिय लिगमा मात्र केन्द्रित नभई खेलकुदको समग्र विकास गर्नमा अग्नि केन्द्रित रहदै आएकोले गर्दा नेपाली फुटब तथा फुटबलका फ्यानहरुलाई विशेष फलदायी भएको जानकारि दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.