पुरोहितकी श्रीमतीले चुनाव हारेपछि, श्रीमानले गरे १९ घर जजमन नै बहिस्कार

  २०७४ असार २२ गते ७:२४     विकासन्युज

धनकुटा । श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् ।

पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् ।

कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आक्रोशित बनेका हुन् ।

मेरी पत्नीको पराजयमाा आफ्नै जजमानको मुख्य हात रह्यो दाहालले भने ।

१६ परिवारजनले मत दिएको भए जित निश्चित हुन्थ्यो । दाहालले जजमानको घरमा मृत्युपछिको मासिक समेत नगरिदिएपछि गाउमा खैलाबैला मच्चिएको छ ।

महिनाअघि निधन भएकी आमाको मासिकका लागि तयारी बसेका छथर जोरपाटीका राजेन्द्रप्रसाद चापाईंलाई पुरोहित दाहालले मंगलबार अबेर फोनबाटै चुनावमा भोट नदिएकोले नआउने जवाफ दिएका थिए । जको कान्तिपुरबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.