हातले बम समातेर फाल्ने ‘हवल्दार एकाएक हिरो’, गृहमन्त्रीले गरे पुरस्कार दिने घोषणा

  २०७४ असार १५ गते ७:०७     विकासन्युज

काठमाडौं । हिजो निर्वाचनको सुरक्षा व्यवस्था गर्ने क्रममा दाङमा ज्यानको प्रवाह नराखी निर्वाचनस्थलबाट बम टिपेर फाल्ने प्रहरी हबल्दारलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।


गृहमन्त्री जनार्दन शर्माले दाङमा साहसी काम गर्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।

गृहमन्त्री शर्मा र प्रहरीका उच्च अधिकारीले हवल्दार रानालाई टेलिफोन गरेर साहसिक काम गरेकोमा स्याबासी दिएका थिए ।

गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् ।

दाङको तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो ।

तर, नेपाल प्रहरीका साहसी हवल्दार रानाले त्यो बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए ।

आफ्नो ज्यानको पर्वाह नगरी बम टिपेर फाल्ने साहस देखाएकोमा उनको वाहवाही भएको छ । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.