स्कूलको चिठ्ठी पढेर महान् वैज्ञानिक थोमस किन रोए ?

२०७४ असार १३ गते १०:२८ सन्दीप भट्टराई

काठमाडौं । विजुलीको बल्वका आविष्कारक तथा महान् वैज्ञानिक थोमस अल्वा एडिसनले भनेका छन् “हाम्रो सबैभन्दा ठूलो कमजोरी हो हार मान्नु ।

उनका अनुसार सफल हुने एकमात्र तरिका छ, त्यो हो ”एक पल्ट फेरि प्रयास गर्नु ।”

यिनै महान् वैज्ञानिकको स्कूल जीवन, स्कूलले लेखेको चिठ्ठी र त्यसले थोमस र उनकी आमालाई रुवाएको विषय संसारभर निकै चर्चा हुने गरेको छ ।

थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा अमेरिकाको ओहायो शहरमा भएको थियो । उनलाई सानोमा सबैले मन्दबुद्धि भन्ने गर्दथे । शिक्षकले कक्षामा पढाउँदा उनी ध्यान दिँदैनथे र आप्mनै संसारमा हराइरहन्थे ।

एकदिनको कुरा हो उनी स्कुलबाट घर आए र आमालाई एउटा चिट्ठी दिँदै भने – ‘आमा, यो चिट्ठी टिचरले हजुरका लागि पठाउनुभएको हो ।

आमाले तुरुन्तै चिट्ठी पढिन् । चिट्ठी पढिसकेर उनी रुन थालिन् ।

आमा रोएको देखेर एडिसनले सोधे –‘आमा, चिट्ठीमा त्यस्तो के लेखेको छ ? हजुर त रुन पो थाल्नुभयो ।’

आमाले आँशु पुछ्दै भनिन्, ‘चिट्ठीमा लेखेको छ “तपाईंको छोरा अत्यन्तै बुद्धिमान् र प्रतिभाशाली छ । हाम्रो स्कुल तल्लो लेवलको हो र टिचरहरु पनि त्यति राम्रा छैनन् । त्यसैले हामी तपाईंको छोरालाई पढाउन सक्तैनौं । अब आफ्नो छोरालाई तपाईं आफैं पढाउनुस् ।” आफ्नो बयान सुनेर एडिसन धेरै खुशी भए ।

उनलाई आमाले घरमै पढाउन थालिन् । भनिन्छ नि, ‘हरेक सफल व्यक्तिको पछाडि एउटी महिलाको हात हुन्छ । एडिसनका लागि ती महिला अरु कोही होइन, उनैकी आमा थिइन् ।

धेरै वर्षपछि उनकी आमाको निधन भयो । त्यसवेला सम्ममा विभिन्न किसिमका आविष्कारहरु गरेर एडिसन प्रख्यात वैज्ञानिक बनिसकेका थिए । एकपल्ट उनले केही खोज्ने क्रममा घरमा भएको दराजको एउटा कुनामा त्यो पुरानो चिट्ठी भेटे र उत्साहित हुँदै पढ्न थाले । चिट्ठी पढिसकेपछि उनी धेरै वेर रोइरहे । शिक्षकले उनकी आमालाई लेखेको त्यो चिट्ठीमा त्यस्तो के लेखेको रहेछ र उनी रोएका रैछन् त ?

त्यो चिट्ठीमा लेखिएको थियो –‘तपाईंको बच्चा मन्दबुद्धिको छ । उसलाई अबदेखि स्कुल नपठाउनुस् । ऊ हाम्रो स्कुलमा पढ्ने लायकको छैन ।

एडिसनले रुँदै आफ्नो डायरी निकाले र लेखे–‘एक महान् आमाले मन्दबुद्धि बच्चालाई शताब्दीकै महान् बैज्ञानिक बनाइ दिइन् ।’

त साथी, आमाले आफ्नो मनमा भरिदिएको आत्मविश्वासका कारण एडिसनलाई केही गरेर देखाउन सक्छु भन्ने अठोट जाग्यो । फलस्वरुप, हजारौं असफल प्रयोग पश्चात पनि हरेश नखाइकन बल्वको आविष्कार गरेर यो संसारलाई उज्यालो पार्ने काम गरे । त्यस बाहेक उनले टेलिग्राम, चलचित्र, माइक्रोफोन लगायत एकहजार भन्दा बढि आविष्कार गरे ।

सन् १९३१ म जब उनको मृत्यु भयो, सो दिन पूरै अमेरिका भरी उनको सम्मानमा बत्ती निभाइएको थियो ।