नेप्सेमा दुई अर्ब ९६ करोडको सेयर कारोबार, ५ कम्पनीको चार करोड कित्ता सेयर सूचिकृत

  २०७४ असार ९ गते १६:०२     विकासन्युज

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ०.०२ प्रतिशत कम हो । गत साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरका ४९ लाख आठ हजार ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । यस साता १६४ कम्पनीहरुको ५२ लाख ९२ हजार ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.४९ अंकले घटेर अन्तिम दिन १५५९.४९ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुमा उतारचढाव आएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७३ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक २७, विकास बैंक १५, वाणिञ्य बैंक १४ र वित्त समूहको परिसूचक १० अंकले ओरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.७६ अंकले घटेर ३३०.९ अंकमा आईपुगेको छ ।

यस साता एभरेष्ट बैंकको ३० करोड छ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो अवधिमा बैंकको सात लाख ८० हजार कित्ता सेयर किनबेच छ । साताभर नेप्सेमा ५ कम्पनीको करिब ४ करोड कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा बोनस र हकप्रद सेयर गरी जम्मा ३ करोड ९९ लाख ९६ हजार कित्ता सेयर सूचिकृत भएको छ । बजारमा नेको इन्स्योरेन्सको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.