दुई कम्पनीको हकप्रद सेयर भर्ने म्याद अब दुई दिन मात्र बाँकी, हेरौँ कुन कुन को बाँकी?

  २०७४ असार ९ गते १२:३७     विकासन्युज

काठमाडौं । हाम्रो विकास बैंक र गोर्खाज फाइनान्स गरी दुई कम्पनीको हकप्रद सेयर भर्ने म्याद अब दुई दिन मात्र बाँकी रहेको छ ।

हाम्रो विकास बैंकले गत जेठ ७ गतेदेखि २०० कित्ता हकप्रद सेयर निष्काशन गर्दै आएको छ । बैंकले सोही दिन देखि १ बराबर २को अनुपातमा प्रतिशेयर १०० रुपैयाका दरले ३० लाख ५८ हजार ३३८ कित्ता हकप्रद जारी गर्दै आएको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सले पनि गत जेठ १ गतेदेखि ५० कित्ता हकप्रद सेयर निष्काशन गर्दै आएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा प्रतिशेयर १०० रुपैयाका दरले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद जारी गर्दै आएको हो ।

दुबै कम्पनीले असार ११ गतेसम्म सो मात्राको हकप्रदको बिक्री खुल्ला गर्ने निर्णय गरेका छन् । कम्पनीले तोकेको समय अनुसार सेयर भर्ने म्याद अब जम्मा दुई दिन मात्र बाँकी रहेको छ । इच्छुक सेयरधनीले आइतबार(असार ११गते) बैंकिङ समय भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, यी दुबै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौंको लाजिम्पाटमा रहेको एनआइबीएल क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.