भार्गव विकास बैंकको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त

  २०७४ असार ८ गते १७:०२     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद सेयर जारी गर्नको लागि काठमाडौंको नागपोखरीमा रहेको उक्त क्यापिटलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने सम्झौता गरेको हो ।

उक्त कार्यका लागि भार्गव विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, एनएमबि क्यापिटलले निकट भविष्यमा बैंकको उक्त हकप्रद शेयर निष्काशन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.