नेप्सेमा तीन करोड ६१ लाख कित्ता सेयर सूचिकृत, हकप्रद मात्रै करिब तीन करोड

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक बाहेक बिहीबार मात्रै नेपाल स्टक एक्सचेञ्जमा तीन करोड ६१ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो दिन ६९ लाख ५ हजार कित्ता बोनस र २ करोड ९२ लाख २ हजार कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा दुई कम्पनीको बोनस र दुई कम्पनीको हकप्रद [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक बाहेक बिहीबार मात्रै नेपाल स्टक एक्सचेञ्जमा तीन करोड ६१ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो दिन ६९ लाख ५ हजार कित्ता बोनस र २ करोड ९२ लाख २ हजार कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

बजारमा दुई कम्पनीको बोनस र दुई कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनीको ७ लाख १२ हजार ८०० कित्ता र ६१ लाख ९२ हजार ८५७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यस्तै, सानिमा बैंक र कुमारी बैंकको गरि २ करोड ९२ लाख २ हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सानिमा बैंकको एक करोड ५७ लाख र कुमारी बैंकको एक करोड ३४ लाख कित्ता हकप्रद सूचिकृत भएको हो ।

Share News