अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख कित्ता हकप्रद सेयर निष्कासन, ३ कित्ता हुनले २.८ कित्ता पाउने

<p>काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले ३ कित्ता हुनले २.८ कित्ता दिने गरी (३ः२.८)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । एक सय रुपैयाँ दरका यो बैंकले हकप्रद किन्न गत जेठ २१ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै पाउने गरी सूचना जारी [&hellip;]</p>

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

यो बैंकले ३ कित्ता हुनले २.८ कित्ता दिने गरी (३ः२.८)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ ।

एक सय रुपैयाँ दरका यो बैंकले हकप्रद किन्न गत जेठ २१ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै पाउने गरी सूचना जारी गरेको छ । बैैंकले यही असार २५ गतेबाट आवेदन खुला गरेको छ ।

आवेदन साउन २९ गतेसम्म दिन पाइने जानकारी दिएको छ । यसको सेयर आवेदन बैंकका हेटौडा, काभ्रे, चितवनसहिका विभिन्न कार्यालय, एनएमबी बैंक र एनमएमबी क्यापिटलबाट आवेदन दिन सकिने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

Share News