नेशनल हाइड्रोको सेयर कारोबार रोक्का

  २०७४ असार ६ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेशनल हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर कारोबार रोक्न निर्देशन दिएसँगै नेप्सेले मंगलबारदेखि कारोबार रोक्का गरिदिएको हो ।

सञ्चालकहरुका बिचमा आधिकारीकता विवाद उत्पन्न भएर कम्पनी नै लथालिंग अवस्थमा पुगेकाले सेयर कारोबार रोकेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए ।

‘सञ्चालकहरुको मनमुटाबले कम्पनी आफैं लथालिंग अवस्थमा पुगेको छ, दोश्रो बजारका लगानी कर्तालाई डुब्नबाट जोगाउन सेयर कारोबार रोकेका हौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने । नेशनल हाइड्रोको सेयर १३५ रुपैंयाँमा कारोबार भैरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.