नेप्से २० अंकले झर्यो, सबै समूह राताम्मे

  २०७४ असार ५ गते १६:०४     विकासन्युज

काठमाडौं । नेप्से परिसूचक २० अंकले ओरालो लागेको छ । सोमबार नेप्से दोहोरो अंकले ओरालो लागेर १५५५ दशमलब १६ अंकमा अडेको छ । सो दिन ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, विकास बैंक, बैंकिङ, हाइड्रो, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः २३, २१, २०, १८, १६ र १० अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक भने सामान्य २ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.