एनबी इन्सुरेन्सको शतप्रतिशत हकपद्र सेयरको बिक्री खुला, कँहाबाट दिने आवेदन?

  २०७४ असार ५ गते १२:०६     विकासन्युज

काठमाडौं । एनबी इन्सुरेन्सले आजबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले जेठ ३ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि एक सय रुपैयाँ अंकित मूल्यको दरले २७ लाख कित्ता हकप्रदको बिक्री खुला गरेको हो ।

सो मात्राको सेयरको बिक्री आगामी साउन ५ गतेसम्म खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

उक्त सेयरको लागि इच्छुक सेयरधनीले काठमाडौंको जमलमा रहेको ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, एनबी इन्सुरेन्स कम्पनीको काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर जुनसुकै शाखाबाट आवेदन दिन सकिने इन्सुरेन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.