गरिमा विकास बैंकको ३ लाख कित्ता साधारण सेयरकै लिलामी

  २०७४ असार २ गते ७:५९     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले ३ लाख ३६ हजार ७१ कित्ता साधारण सेयरकै लिलामी गरेर विक्री गर्न लागेको छ ।

यो बैंकले गत बैशाख १४ देखि जेठ १७ गतेसम्म गरेको हकप्रद सेयरको विक्री खुलामा नविकेको सेयरलाई लिलाम बढाबढ गरे बेच्न लागेको हो ।

यो बैैंकको संस्थापक सेयर ९ हजार ८४७ कित्ता सेयर पनि लिलामीमा विक्री गरिदैँ छ । यो बैंकले आगामी असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्ने गरी सूचना जारी गरेको छ ।

यसको सेयर कम्तिमा एक सयर रुपैयाँले कबोल गरेर शीलबन्दी मार्फत आवेदन दिनुपर्ने पनि उल्लेख छ । यसको विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.