सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गराएका हुन् । अध्यक्ष पदमा नियुक्त हुनुअघि श्रेष्ठ सोही बैंकको सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । साथै, उनी पोखराको फेवा सिटी हस्पिटलको निर्देशक हुन् । श्रेष्ठ त्रिभुवन विश्व [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गराएका हुन् ।

अध्यक्ष पदमा नियुक्त हुनुअघि श्रेष्ठ सोही बैंकको सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । साथै, उनी पोखराको फेवा सिटी हस्पिटलको निर्देशक हुन् ।

श्रेष्ठ त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त पोखराको गण्डकी मेडिकल कलेजको प्रधानअध्यापक पनि हुन् ।

विभिन्न सामाजिक संस्थाहरुमा संलग्न श्रेष्ठ पोखराको बाग्लुङ समाजको पूर्व अध्यक्ष थिए ।

Share News