आयल निगमले नेशनल ट्रेडिङको ५० रोपनी जग्गा ३ अर्बमा किन्ने

  २०७४ जेठ २८ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपाल आयाल निगमले टेकु स्थित नेशनल ट्रेडिङ लिमिटेडको ५० रोपनी ५ आना जग्गा खरिद गर्ने भएको छ । निगमले सबै भौतिक संरचना सहित ३ अर्ब ३० करोड रुपैयाँमा जग्गा खरिद गर्न लागेको हो । निगम सञ्चालक समितिले यो निर्णय पारित गरेर उक्त जग्गाको कर तिर्नको लागि २५ करोड रपैयाँ समेत दिई सकेको छ ।

टेकुमा रहेको लिमिटेडको मुख्य कार्यालय, २५ हजार मेट्रिकटन क्षमताका ५ वटा गोदाम र पेट्रोलपम्म निगमले खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । भौतिक संरचनाको लागत कति पर्ने भनेर मूल्यांकन समितिले निर्धारण गर्नेछ । भौतिक संरचनाको लागत १५ करोड लाग्ने अनुगमान लिमिटेडले गरेको छ । नेशनल ट्रेडिङले मालमोत कार्याकालयको कागजी प्रक्रिया सक्ने वित्तिकै जग्गा पास गर्ने नेपाल आयाल निगमका निमित्त नायव कार्यकारी निर्देशक नागिन्द्र शाहले बताए ।

‘नेपाल सरकारको निर्णयबाट चलनचल्तीको मूल्यको औसत मूल्यका किन्न निर्देशन भएको छ,’ उनले भने ‘जग्गा र भवन सहितको मूल्य तीन अर्बभन्दा माथि हुन सक्छ । ’ जग्गा खदिर पश्चात निगमले पेट्रोलियम पदार्थ भण्डार बनाउन सक्ने शाहको भनाइ छ । सरकारले जेका लागि उपयोग गर भन्छ, हामी त्यसैको लागि जग्गा उपयोग गछौं,’ उनले भने ।

५४ वर्षको इतिहास बोकेको नेशनल टे«डिङ टाट पल्नि लागेपछि कर्मचारीलाई अवकास दिन सो जग्गा विक्री गर्न लागेको हो । व्यापार गर्ने उद्देश्यसहति स्थापना भएको लिमिटेडले कमजोर व्यवस्थापनका कारण सरकारको बोझ बन्दै आएको छ । सरकारी संस्थान भएपनि निजी व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा लिमिटेड आर्थिक संकटको चरम अभावमा डुवेर बन्द हुने अव नेशनल ट्रेडिङका पुगेको अर्थ मन्त्रालयले बताएको छ । धेरै वर्षअघिदेखि लिमिटेडको जग्गा विक्री गर्न महाप्रवन्धक र अध्यक्षले कसरत गर्दैै आएपनि यो अवसर भने पुष्पकमल दाहाल ‘प्रचण्डको सरकारले जुटाइ दिएको छ ।

केही वर्षअघि उक्त संस्थानका वारेमा ठोष निर्णय गर्ने भनिएपनि सरकार अस्थिरताका कारण कार्य अघि बढ्न सकको थिएन । मन्त्री परिषद्को निर्णयले कर्मचारीलाई अवकास दिएर संस्थानको पुनसंरचना गर्न बाटो खुलेको छ ।

देशका १२ स्थानमा कम्पनीको स्वामित्वमा जग्गा तथा भवनहरू रहेका छन् उक्त जग्गा र भवनको करिब २५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति हुन सक्ने अनुमान गरिएकोे अर्थ मन्त्रालयले गरेको छ । काठमाडौंको ट्राफिक कार्यालयसँगै जोडिएको सिंहदर पश्चिम गेट अगाडिको २६ रोपनी जग्गा कम्पनीकै स्वामित्वमा छ ।

लिमिटेडमा कार्यरत २ सय ६४ जना कर्मचारीलाई स्वेच्छिक अवकास दिन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । उक्त कर्मचारी अवकास दिन एक अर्ब ६६ रुपैयाँ लाग्नेछ । अवकासमा जाने कर्मचारीले प्रतिव्यक्ति १५ देखि ७० लाख रुपैयाँसम्म पाउने नेशनल ट्रेडिङको हिसाव छ । निगमले जग्गाको रकम उपलव्ध गराएपछि असार महिनाभित्र कर्मचारीलाई अवकास दिएर बिदाइ गर्न लागिएको हो ।

कर्मचारीलाई अवकास दिएर लिमिटेडलाई पुन संरचना गर्न लागिएको छ । कर्मचारीको अवकासपछि कम्पनीलाई पुनसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गरिने आपूर्ति मन्त्रालयले बताएको छ । नेशनल ट्रेडिङले जग्गा बेचेर आफ्नो एक अर्ब ३८ करोड र सरकारको एक अर्ब रुपैयाँ ऋण पनि चुक्ता गर्नेछ । त्यस्तै माच्छापुच्छे र हिमालय बैंकको झण्डै ८ करोड रुपैयाँ पनि कम्पनीले तिर्न बाँकी छ । अन्य विभिन्न संस्था, ब्यक्ति तथा र्फमहरू ३० करोड रुपैयाँ पनि जग्गा बचेर तिर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.