सोमबारको सेयर बजार हरियो, नेप्सेले १६०० अंक नाघ्दा ६२ करोडको सेयर कारोबार

  २०७४ जेठ २२ गते १५:३२     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार हरियो भएको छ । आइतबार राताम्मे भएको बजार सोमबार ८ दशमलब ८४ अंकले बढेर १६०२ दशमलब ६५ अंकमा पुगेर हरियो भएको छ । बजारमा ६२ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार १४९ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ६ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१९५ रुपैयाँ रहेको छ ।

सो दिन आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१४७ रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा बढी सिनर्जी फाइनान्सको सेयर मूल्य ३.३१ प्रतिशतले घटेको छ ।

कारोबार भएका ८ समूह मध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् भने फाइनान्स समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक २१ दशमलब ६९ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र विकास बैंक समूहको परिसूचक क्रमशः १५ र १० अंकले उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.