लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते, कहिले हुँदै छ बुक क्लोज?

<p>काठमाडौं । लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त सभामा असार १३ गते बोलाएको बैंकको उक्त सभाले कम्पनीको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस दिने निर्णयलाई पारित गर्ने भएको छ । बैंकले प्रोफेशनल दियालो [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकको १६औँ वार्षिक साधारणसभा असार २३ गते हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ ।

उक्त सभामा असार १३ गते बोलाएको बैंकको उक्त सभाले कम्पनीको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस दिने निर्णयलाई पारित गर्ने भएको छ ।

बैंकले प्रोफेशनल दियालो विकास बैंक प्राप्ति र १०० प्रतिशत हकप्रद निष्काशन पछिको चुक्ता पूँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।

Share News