यूनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

  २०७४ जेठ २१ गते १५:३४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो ।

बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ४५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.