आइतबार नेप्से परिसूचक दाहोरो अंकले ओरालो, ५५ करोड माथिको सेयर कारोबार

  २०७४ जेठ २१ गते १५:२५     विकासन्युज

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक १० दशमलब ५० अंकले झरेर १५९३ दशमलब ८१ अंकमा पुगेको छ । सो दिनको बजारमा ५५ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १४१ कम्पनीको ९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै, आइतबार कारोबार भएका प्राय सबै समूहको परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९५ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ३० र १५ अंकले घटेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले झरेका छन् । अन्य समूहको परिसूचक भने सामान्य अंक ०.८६ अंकले उकालो लागेको छ ।

बजारमा सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ५ प्रतिशत गिरावट आएको छ । स्वरोजगार लघुवित्त विकास बैंकको पनि ४.४९ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १०(९.९७) प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता २१९३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.