सांग्रिलाले कसमसलाई मात्र प्राप्ति गर्ने, कम्युनिटीलाई किन्ने प्रस्ताव अस्वीकार

  २०७४ जेठ २१ गते १४:२६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई मात्र प्राप्ति गर्ने भएको छ । कम्पनीले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तथा कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको थियो । तर सांग्रिलाको १२औँ वार्षिक साधारणसभाले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अस्वीकृत गरेको छ । अर्थात सांग्रिलाले दुई कम्पनीमध्ये कसमस डेभलपमेन्ट बैंकलाई मात्र प्राप्ति गर्ने निणर्य गरेको छ ।

साथै, सभाले सांग्रिलाले कसमसलाई प्राप्ति पश्चात कायम हुने पूँजीको ८० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले कसमस डेभलपमेन्ट बैंकलाई एक बराबर एक कित्ता सेयर अनुपातमा प्राप्ती गर्ने भएको छ ।

कसमसलाई प्राप्ति गरेपश्चात सांग्रिलाको चुक्तापूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ । जसमा ८० प्रतिशत हकप्रद जारी पश्चात बैंकको पूँजी २ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.