२०७४ जेठ १९ गते १७:३१ विकासन्युज
काठमाडौं । जनरल फाइनान्सको सञ्चालकमा चार जना नियुक्त भएका छन् । कम्पनीको जेठ १० गते एकैदिन भएको १६औँ, १७औँ, १८औँ, १९औँ र २०औँ वार्षिक साधारणसभाले संस्थाको प्रोमोटर तर्फको संचालकमा तीन र साधारणतर्फको संचालकमा एक जना गरि जम्मा चार जनालाई नियुक्त गरेको हो ।
कम्पनीको प्रोमोटर तर्फको सञ्चालकमा पद्मराज न्यौपाने, अन्जना छकुबाजी र मीलन थापा नियुक्त भएका छन् । त्यस्तै, कम्पनीको साधारणतर्फको संचालकमा महेश प्रसाद अधिकारी नियुक्त भएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.