एलआईसी (नेपाल)को २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

  २०७४ जेठ १९ गते १४:४८     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको २६ दशमलब १ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई शुक्रबार बसेको कम्पनीको १५औं वार्षिक साधारण सभाले पारित गरेको हो ।

सभाले पारित गरेअनुसार कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २४ दशमलब ८० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलब ३० प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने भएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले १,४६,७१३ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २२६ करोड ५२ लाख संकलन गर्न सफल भएको छ । २०७३ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ६,२७,२६६ र कूल जीवन बीमा कोषमा रु. २,६४९ करोड संकलन भएको कम्पनीले जनाएको छ ।

साथै, चालु आ.ब. २०७३/०७४ को तेस्रो त्रैमासिक अवधिसम्ममा कूल वीमाशुल्क आर्जन रु. ५७८.९० करोड भैसकेको र कम्पनीको जीवन बीमा कोषमा रु. ३,१८९.१७ करोड रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.