मिर्मिरे माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद सेयर निष्कासन, डेढ लाख कित्ता हकप्रद सेयरको आवेदन असार ५ देखि

<p>काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले एक सय रुपैयाँ अंकित १ लाख ५० हजार कित्ता सेयरको निष्कासन सुरु गरेको हो । यो बैैंकले १०० कित्ता सेयर बराबार नयाँ ५० कित्ता सेयर दिने भएको छ । बैंकले १ करोड ५० लाख रुपैयाँको यो सेयरलाई आवेदन [&hellip;]</p>

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।

यो बैंकले एक सय रुपैयाँ अंकित १ लाख ५० हजार कित्ता सेयरको निष्कासन सुरु गरेको हो ।

यो बैैंकले १०० कित्ता सेयर बराबार नयाँ ५० कित्ता सेयर दिने भएको छ ।

बैंकले १ करोड ५० लाख रुपैयाँको यो सेयरलाई आवेदन दिन आगामी असार ५ गतेबाट साउन ८ गतेसम्मको सयम निर्धारण गरेको छ ।

यसको हकप्रद सेयर अवेदन प्रभु क्यापिटल लिमिटेड कमलादी, मिर्मिरे फाइक्रोफाइन्सको डेभलपमेन्ट बैंकको सबै कार्यालय र प्रभु बैंक लिमिटेडका विराटनगर, विरगन्ज, सुर्खेत, वुटवल, धनगढी र नेपालगञ्जबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

Share News