कामना विकास बैंकलाई ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले कामना विकास बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १०ः३ अर्थात् ३० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले २४ लाख १३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कामना विकास बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १०ः३ अर्थात् ३० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो ।

बोर्डको अनुमति अनुसार कम्पनीले २४ लाख १३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले २४ करोड १३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ९० करोड २९ लाख रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ ।

 

Share News