एनबी इन्सुरेन्सको २७ लाख कित्ता हकप्रद सेयर निष्कासन, जेठ ५ गतेबाट आवेदन खुला

  २०७४ जेठ १८ गते ९:०१     विकासन्युज

काठमाडौ । एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले २७ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

यो बीमा कम्पनीले प्रति सेयर एक सय रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने गरी निकालेको हकप्रद एक सेयर बराबार एक अर्थात १ः१ कै अनुपातमा हकप्रद निष्कासन गरेको छ ।

यो बीमा कम्पनीको २७ करोड रुपैयाँको चुक्तापुँजीमा सोही रकम नै बढाउँन हकप्रद निष्कासन गरेको हो । यसको सेयर खरिद गर्न यही जेठ ३ गतेसम्म कारोबार गरेका सेयरधानीले मात्रै पाउने उल्लेख छ ।

यसको सेयर खरिद गर्न यही असार ५ गतेदेखि साउन ९ गतेम्म आवेदन दिन पाइने कम्पनीले उल्लेख गरेको छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.