भागर्व विकास बैंकको ८५ हजार कित्ता सेयर लिलामीमा

<p>काठमाडौं । भागर्व विकास बैंक लिमिटेडले ८५ हजार २३१ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ । यो बैंकको संस्थापक ३२ हजार ४६६ र सर्वसाधारणतर्फको ५२ हजार ७६५ कित्ता सेयर बोलकबोलबाट विक्री हुने भएको छ । बैैंकले एक सय रुपैयाँको न्युनतम कबोल रकम राखेर सेयर विक्रीको सूचना जारी गरेको छ । एकै व्यत्तिले सबै सेयर [&hellip;]</p>

काठमाडौं । भागर्व विकास बैंक लिमिटेडले ८५ हजार २३१ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ ।

यो बैंकको संस्थापक ३२ हजार ४६६ र सर्वसाधारणतर्फको ५२ हजार ७६५ कित्ता सेयर बोलकबोलबाट विक्री हुने भएको छ ।

बैैंकले एक सय रुपैयाँको न्युनतम कबोल रकम राखेर सेयर विक्रीको सूचना जारी गरेको छ । एकै व्यत्तिले सबै सेयर पनि  किन्न पाउने छ ।

यसको सेयर खरिद गर्न यही जेठ २६ देखि असार २ गतेभित्र आवदेन दिनुपर्ने पनि उल्लेख छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

Share News