सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्सलाई एक्वाएर गर्ने

  २०७४ जेठ १७ गते १६:४२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रिय कार्यालय रहेको सेती फाइनान्सलाई एक्वाएर(प्राप्ती) गर्ने भएको छ । उक्त एक्वाएर गर्ने सम्बन्धी सम्झौतामा बुधबार दुई संस्थाबीच एमओयूमा हस्ताक्षर भएको छ ।

सेती फाइनान्सको पूँजी १५ करोड २६ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तसम्मा एक करोड ५४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ । साथै, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती पश्चात करिब १ अर्ब २० करोड रुपैयाँ पूँजी थप हुने बैंकले जनाएको छ ।

साथै, बैंकका अनुसार इन्नोभेटिभ तथा अरनिको डेभलपमेन्ट बैंकको संयुक्त कारोबार पश्चात् सेञ्चुरी बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने सम्झौता गरिसकेकोे छ । त्यसपछि बैंकको नपुग पूँजी चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.