सेयर बजार दोहोरो अंकले उकालो, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

  २०७४ जेठ १७ गते १५:२८     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको बजार बुधबार भने १३ दशमलब ६८ अंकले उकालो लागेको छ । मंगलबार २१ अंकले ओरालो लागेर १५९४ अंकमा झरेको परिसूचकले आज १६०० अंक पार गरेको छ ।

दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी लि., कर्नाली डेभलपमेन्ट बैंक र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९७, ९.९३, ९.९३ र ९.७३ प्रतिशतले बढेको छ ।

सो दिन कारोबार भएको ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले राताम्मे भएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२१ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २०, १९ र १८ अंकले उकालो लागेका छन् । अन्य बाँकी समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेका छन् ।

बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब ९ करोड रुपैयाँ घटी हो । बुुधबार १४४ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टड बैंकको ५ करोड रुपैयाँ माथीको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.