नेप्सेमा सूचिकृत दुई कम्पनीको नाम परिर्वतन, हेरौँ कुन कुनको भयो?

  २०७४ जेठ १७ गते १३:०३     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचिकृत भएका दुई कम्पनीको नाम परिर्वत भएको छ । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था र एनसीएम मर्चेन्ट बैंकिङको नाम परिवर्तन भएको छ ।

आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएर सिभिल लघुवित्त वित्तीय संस्था रहेको छ । जसको छोटो रुप सिएलबीएस्एल रहेको छ । उक्त कम्पनीले जेठ १७ गतेबाट नै सिभिल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने भएको छ ।

त्यस्तै, एनसीएम मर्चेन्ट बैंकको पनि नाम परिवर्तन भएको छ । जसको नयाँ नाम सनराइज क्यापिटल लिमिटेड रहेको छ । अब यस कम्पनीले पनि सनराइज क्यापिटल लिमिटेडको नामबाट सेयर कारोबार गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.