मंगलबारको नेप्से परिसूचक २१ अंकले ओरालो, ७६ करोडको सेयर कारोबार

  २०७४ जेठ १६ गते १५:२३     विकासन्युज

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१ दशमलब १५ अंकले ओरालो लागेर १५९४ दशमलब ४३ अंकमा झरेको छ । सो दिनको बजारमा ७६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो रकम आइतबारको तुलनामा एक करोड रुपैयाँ बढी हो । मंगलबार १४७ कम्पनीको १२ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १२० अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य, बैंकिङ, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २६, १९, १६, ११ र १० अंकले ओरालो लागेको छ । उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक क्रमशः ५ र १ अंकले बढेको छ ।

मंगलबार सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९९ रुपैयाँ रहेको छ । त्यस्तै, मिथिला लघुवित्त विकास बैंक र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को सेयर मूल्य क्रमशः ५.७५ र ५.१८ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.७३ प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २८२ रुपैयाँ रहेको छ । हिमालयन जनरल इन्स्योरेन्सको ५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.