सनराइज बैंकको एक करोड ६३ लाख कित्ता हकप्रद सेयर खुला, कहाँ कहाँबाट आवेदन दिने ?

  २०७४ जेठ १६ गते १३:३९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सर्वसाधारणको लागि एक सय अंकित दरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । उक्त सेयर प्रतिशतका आधारमा ३० प्रतिशत(अर्थात १०ः ३) हो ।

बैंकले जेठ १६ गतेदेखि सो मात्राको सेयरको बिक्री खुला गरेको छ । सो मात्राको सेयरको लागि इच्छुक लगानीकर्ताले आगामी असार १९ गतेसम्म आवेदन दिन पाँउने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंको कमलादीमा रहेको प्रभु क्यापिटल लिमिटेडबाट आवेदन भर्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.